
९ वैशाख, काठमाडौं । पटक पटक स्थगित भई तोकिएको पछिल्लो मितिमा भन्सार एजेन्टको लिखित परीक्षा सञ्चालन गर्न निर्वाचन आयोगले अनुमति दिएको छ ।
भन्सार विभागले भन्सार एजेन्टको परीक्षा वैशाख १७ गतेका लागि तोकेको छ । तर, यसबीचमा निर्वाचन आचार संहिता लागू हुने भन्दै निर्वाचन आयोगले परीक्षण संचालन नगर्न भन्सार विभागलाई पत्र लेखेको थियो ।
तर, यसबारे लोकसेवा आयोगले सक्रियता लिएपछि भने परीक्षा तोकिएकै मितिमा हुने निश्चित भएको हो । निर्वाचन आयोगले लोकसेवा आयोगलाई शुक्रबार एक अर्को पत्र लेखी नतिजा प्रकाशनको कार्य निर्वाचन आचारसंहिता २०७८ लागू हुने समय समाप्त भएपछि गर्ने गरी परीक्षा सञ्चालन गर्न लोकसेवा आयोगले सहमति दिएको छ ।
नेपालमा दुई दशकपछि ६६० जना भन्सार एजेन्टको परीक्षण सञ्चालन हुने गरी मिति तय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4