
९ वैशाख, नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित ३१ जना निर्वाचित जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न भन्दै अध्यक्ष डम्बरबहादुर जि.सी, उपाध्यक्ष मिनाकुमारी रानासहित सबै निर्वाचित वडाध्यक्षहरुले राजिनामा दिएका हुन् ।
वडा अध्यक्षहरु अजितकुमार थापा, बिष्णु ढकाल, टुक बहादुर वैदवार, गोपाल अधिकारी, रनबहादुर झेडी, प्रितम गुरुङ र गोपालबहादुर क्षेत्रीले राजीनामा दिएका छन् ।
यस्तै कार्यपालिका सदस्य रुमा चुहान मगर, चन्द्र बहादुर बि.क., शारदा थापा, रुपा दर्जीले राजीनामा दिएका छन् । कुल ३८ जना गाउँ सभा सदस्य रहेको गाउँपालिका ३१ जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुलाई सम्मानसहित विदाइ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4