+
+

अमेरिकी संसदीय टोली काठमाडौंमा, भोलि पदयात्रामा जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १९:३८
तस्वीर सौजन्‍य : अमेरिकी राजदूतावास

९ वैशाख, काठमाडौं। अमेरिकी सांसदको एक उच्चस्तरीय टोली तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेको छ ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय टोली तीन दिने नेपाल भ्रमणमा आएको हो ।

अमेरिकी सांसदहरूको टोलीलाई परराष्ट्र मन्त्रालयका युरोप अमेरिका हेर्ने महाशाखाका प्रमुख निर्मल राज काफ्ले र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

सिनेटर किस्र्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा रहेको उच्चस्तरीय संसदीय टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) सहभागी छन् ।

दूतावासले ७५औं वर्षगाँठको उपलक्ष्यमा भएको यो भ्रमणलाई दुई देशबीचको जारी दौत्य साझेदारीको एक हिस्सा रहेको जनाएको छ ।

अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्ने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

भ्रमण टोली हिमालय क्षेत्रमा भइरहेको जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित रहनेछ । जववायु परिवर्तनको प्रभावबारे थप बुझ्नका लागि भ्रमण टोली शनिबार दिउँसो पदयात्रामा निस्कने भएको छ ।

उनीहरू पोल्याण्ड र भारत लगायतका देशहरूको लामो भ्रमणको सिलसिलामा नेपाल आएका हुन् । भ्रमण टोलीले रुसले युक्रेनमाथि गरिरहेको हमलाविरुद्ध अमेरिकाले युक्रेन र नेटो गठबन्धनलाई कसरी रहयोग जारी राख्नसक्छ भन्ने बारेमा बुफ्न पोल्याण्डको यात्रा गरेको दूतावासले जनाएको छ ।

‘रुसले अमेरिकामाथि गरेको नाजायज र अन्यायपूर्ण युद्धका विरुद्ध अमेरिकाले युक्रेन र नेटो गठबन्धनप्रतिको आफ्नो सहयोगलाई कसरी जारी राख्न सक्छ भन्नेबारे बुझ्नका लागि संसदीय टोलीले पोल्याण्डको यात्रा गरेको थियो,’ दूतावासले भनेको छ, ‘युक्रेनमा रुसले गरेको क्रूर हमलाको निन्दा गर्ने अधिकांश देशहरूमा नेपाल सामेल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?