+

एसियन गेम्सका लागि करातेको छनोट १५ गतेदेखि हुने

२०७९ वैशाख  १० गते १०:४५ २०७९ वैशाख १० गते १०:४५
एसियन गेम्सका लागि करातेको छनोट १५ गतेदेखि हुने

१० वैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि कराते खेलको छनोट यही वैशाख १५ देखि १७ गतेसम्म हुने भएको छ ।

नेपाल कराते महासंघले शुक्रबार सुचना जारी गर्दै तीन दिनको छनोट प्रतियोगिता हुने जानकारी गराएको छ । बृहत खुल्ला छनोट प्रतियोगिता चितवनको भरतपुरमा हुने महासंघले जनाएको छ ।

एसियन गेम्स चीनको होन्झोउमा सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुँदैछ ।

शुक्रबारै नेपालले एसियन गेम्समा सहभागिता जनाउने २३ खेलको टुंगो लागेको छ । त्यस निर्णयपछि कराते महासंघले पनि छनोट प्रतियोगिता गर्न लागेको हो ।

छनोटमा पुरुष र महिलाको ५-५ तौल समूह र महिला र पुरुषमा एकल कातामा प्रतिस्पर्धा गराइनेछ ।

यस्तै महासंघले छनोटमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूको सहभागिताको प्रकृया पनि तोकेको छ ।

साफ गेम्स पदक प्राप्त भइसकेका खेलाडी, विश्व कराते महासंघ (WK) को प्रतियोगितामा सहभागी खेलाडी, एयन कराते महासंघ (AKF) को प्रतियोगितामा सहभागी खेलाडी, १३औं साफ गेम्समा बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीहरू, छैटौंदेखि आठौं खेलकुदसम्म पदक प्राप्त खेलाडीहरू सहभागी हुन पाउनेछन् ।

यस्तै, प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक प्राप्त  खेलाडीहरू, सर्वमान्य नेता श्री गणेशमान सिंह फाउण्डेशनको राष्ट्रिय कराते प्रतियोगितामा पदक प्राप्त खेलाडीहररु, नेपाल कराते महासंघद्वारा आयोजित गौतम बुद्ध ४८औं राष्ट्रिय कराते प्रतियोगिता पछि र हालसम्मका राष्ट्रिय कराते ५०औं राखेप. प्रतियोगितासम्म पदक प्राप्त गरेका खेलाडीले पनि प्रतिस्पर्धा गर्न पाउनेछन् ।

एसियन गेम्स कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय