+
+

मेयरको उम्मेदवार पाउनुपर्ने माग गर्दै पोखरामा कांग्रेस कार्यालयमा नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १४:०६

१० वैशाख,पोखरा । पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।

पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली कांग्रेसभित्र विवाद छ । केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकले स्वीकार्न नसकिने जिल्ला सचिव भानुभक्त ढकालले बताए । ‘पोखराका वडा होस् वा पालिका गठबन्धन दललाई दिन सकिँदैन । केही वडा सदस्यमा मात्रै सहमति गर्न सकिन्छ । नत्र कांग्रेसलाई आघात हुन्छ, गठबन्धन अगाडि जाँदैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?