+
+

कास्कीको मादी गाउँपालिकामा कांग्रेसले गठबन्धन नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १४:१९

१० वैशाख, पोखरा । कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने भएको छ । कांग्रेसका मादी गाउँपालिका सभापति यमबहादुर गुरुङले शनिबार विज्ञप्ति जारी गरी निर्वाचनमा तालमेल गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेको भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेस र नेकपा माओवादी केन्द्र दुबैले दाबी गरेका थिए ।

कांग्रेसले मादी गाउँपालिकाको अध्यक्षमा १२ जनाको नाम सिफारिस गरेको छ । गठबन्धनलाई ध्यानमा राखेर उसले उपाध्यक्षको उम्मेदवार भने सिफारिस गरेको छैन । अध्यक्षमा नेकपा माओवादी केन्द्रले पनि चार जनाको नाम सिफारिस गरेको छ ।

कास्कीका ५ पालिकामध्ये  माओवादीले मादीलाई मात्र आफ्नो प्रभाव क्षेत्रको रुपमा लिएको छ । यस गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले ६ वटा वडा र नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ३/३ वडाको अध्यक्ष जितेका थिए ।

अघिल्लो चुनावमा नेकपा एमालेका वेदबहादुर गुरुङले कांग्रेसका देवीजंग गुरुङलाई करिब एकहजार मतान्तरले पराजित गरेर अध्यक्ष चुनिएका थिए ।

मादीमा अघिल्लो पटक १३ हजार ५५९ मतदाता रहेकोमा यसपटक ५ हजार २२३ जना थपिएको निर्वाचन आयोग, पोखराको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?