
१० वैशाख, पोखरा । कास्कीमा कुकुर मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ जोगीमणिका सुदीप परियार छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार परियारले कुकुरलाई घाँटीमा डोरीको पासो लगाएर मारेपछि सेती नदीमा फालेका थिए । उक्त भिडियो उनले समाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए ।
उनलाई जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4