
१० वैशाख, गोरखा । मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न हिंडेका एक जना विदेशी नागरिक मृत फेला परेका छन् । प्रहरीका अनुसार दक्षिण कोरियाका ६४ वर्षीय डोङ्की जंग मृत फेला परेका हुन् ।
चुमनुब्री गाउँपालिका–१ धर्मशालास्थित लार्के होटलमा शनिबार दिउँसो उनी मृत फेला परेको गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । काठमाडौंको सलोम र्याफ्टिङ ट्रेकिङ मार्फत उनी लार्के पास गर्न आएका थिए ।
उनको शव पोष्टमार्टमा लागि हेलिकप्टरमार्फत शिक्षण अस्पताल काठमाडौं लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको लामिछानेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4