
संसार हेर्ने
संसार फेर्ने लालसाले
कहिले लतारिंदै
कहिले घिसारिंदै
कहिले बोकिंदै
कहिले ठोकिंदै
कतै भित्तो समातेर
कतै रेलिङ्ग च्यापेर
ऊ भ्यू-टावरको टुप्पासम्मै पुग्यो
तर अपसोच
भ्यू-टावरको टुप्पाबाट
उसले पहिले हेर्न खोजेको
पहिले फेर्न खोजेको
केही देखेन/केही भेटेन
किनकि
टावरको टुप्पामा टेक्ने बेलासम्म
उसले आफ्नो ‘वर्ल्डभ्यू’ सबै गुमाइसकेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4