
बाँयाबाट क्रमश: काठमाडौंको मेयरका उम्मेदवार मदनदास श्रेष्ठ, ललितपुरका अष्ट महर्जन, वीरगञ्जका गिरिश गिरी र पोखराका शंकर खराल ।
१० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ वटा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैया, ललितपुरको मेयरमा अष्ट महर्जन र उपमेयरमा स्वर्णिमा शाक्यलाई उम्मेदवार बनाउने टुंगो लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
त्यस्तै पोखराको मेयरमा शंकर खराल, उपमेयरमा रञ्जना सेन, वीरगञ्जको मेयरमा गिरिश गिरी र उपमेयरमा विना जयसवाल उम्मेदवार बन्ने श्रेष्ठले बताए ।
उनका अनुसार विराटनगर र भरतपुर महानगरको मेयर र उपमेयरको उम्मेदवार पनि शनिबार अबेर टुंग्याउने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4