
१० वैशाख, काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनको समय तोकिएको छ । मनोनयनको अघिल्लो दिन महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन एमालेको बैठक बसेको हो ।
बिहीबार बसेको सचिवालय बैठकमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको आकांक्षीहरुको नाम प्रस्तुत गरिएको थियो । एमालेमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छनोटको अधिकार केन्द्रीय समितिलाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4