
१० वैशाख, काठमाडौं । नेपालले मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेकामा अमेरिकी सांसदहरुले आभार प्रकट गरेका छन् । काठमाडौं आइपुगेका अमेरिकी सांसदहरुले एमसीसी अनुमोदनले नेपालको विकासमा सहयोग पुग्ने बताए ।
नेपाल–अमेरिका संसदीय मैत्री समूहले शनिबार राजधानीमा अन्तर्क्रिया राखेको थियो । उक्त अन्तर्क्रियामा अमेरिकी सांसदहरुले नेपालको समृद्धि, जनजीविका र समावेशी विकासमा निरन्तर सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको बताए ।
नेपालका तर्फबाट सहभागी सांसदहरुले पनि एमसीसीले पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरणीय ऊर्जा लगायतमा सहयोग पुगेको बताएको कांग्रेस नेता तथा सांसद डा. मिनेन्द्र रिजालले जानकारी दिए । गएको १५ फागुनमा प्रतिनिधिसभाले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4