
१० वैशाख, विराटनगर । सत्तारुढ दलहरुले संखुवासभाको सातवटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका छन् । शनिबार जिल्लामा रहेका १० मध्ये ७ पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
पालिकामा गठबन्धन गर्दा नेपाली काङ्ग्रेसले ५, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले १ पालिकाको नेतृत्व पाएका छन् ।
नेपाली काङ्ग्रेस जिल्ला समितिले वैशाख २ गते माओवादी केन्द्रसँग गठबन्धन नगर्ने बताएको थियो । तर केन्द्रको निर्देशनपछि सात पालिकामा गठबन्धन भएको हो ।
गठबन्धन गर्दा नेपाली काङ्ग्रेसले खादबारी, पाचखपन, चैनपुर, धर्मदेवी नगरपालिका र सभापोखरी गाउँपालिका अध्यक्ष पाएको छ । माओवादी केन्द्रले मादी नगरपालिका प्रमुख र नेकपा एकिकृत समाजवादी पार्टीले भोटखोला गाउँपालिकाको अध्यक्ष पाएको छ ।
चैनपुर र खादबारी नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । पाँचखपन उपप्रमुख र सभापोखरी गाउँपालिका उपाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीले पाएका छन् ।
माओवादी र नेकपा एकिकृत समाजवादीले पाएको पालिकाको उपप्रमुख नेपाली काङ्ग्रेसले पाएको छ ।
मकालु, चिचिला र सिलिचोङ गाउँपालिकामा भने प्रतिस्पर्धा गर्ने गठबन्धनमा रहेका दलहरुले निर्णय गरेका छन् ।
हेर्नुहोस् सहमति
प्रतिक्रिया 4