+
+

एमालेले टुंग्यायो डोटीका सबै पालिकाका उम्मेदवार

रामहरि ओझा रामहरि ओझा
२०७९ वैशाख १० गते २०:०९

१० वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जिल्लाका नौ वटै पालिकाका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ ।

एमाले स्रोतका अनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासीलाई अघि सारिएको छ । यस नगरपालिकाको उपप्रमुखमा रुपा कठायत उम्मेदवार बन्ने पक्का भएको छ । शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर र उपप्रमुखमा लक्ष्मी मल्ललाई चयन गरिएको छ ।

यस्तै, पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका लागि कृष्ण कुमार कठायत र उपाध्यक्षमा शारदा साउँदलाई छानिएको छ । बढीकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर घर्ति र उपाध्यक्षमा सपना सिराडीलाई चयन गरिएको छ ।

आदर्श गाउँपालिकाको उपाध्यक्षमा जानकी खड्का र बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा ज्ञानु मल्ल बमलाई चयन गरिएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका एक सदस्यले भने ‘जिल्लाबाट आएको सिफारिसका आधारमा प्रदेश कमिटीले नाम टुङ्गो लगाएको छ, तर अहिल्लै सार्वजनिक नगर्ने भन्ने भएको छ ।’ पार्टीले अहिल्लै सार्वजनिक नगर्ने भनेको भएपनि सामाजिक सञ्जालमा बधाईको ओइरो लाग्न थालेको छ ।

अन्य पाँच पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल र उपाध्यक्ष बिष्नादेवी सिंह, केआई सिंह गाउँपालिकाको अध्यक्षमा तेजबहादुर माझी र उपाध्यक्षमा धनादेवी कुँवर सर्वसम्मत भएका थिए ।

यस्तै बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर बुढा र आदर्श गाउँपालिकाको अध्यक्षमा डम्मरबहादुर वलीलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख उपप्रमुख दुवै र एउटामा उपप्रमुख जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?