
१० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरको टिकट दिएको छ ।
एमाले सचिवालयको शनिबार बसेको बैठकले महानगर र उपमहानगरको उम्मेदवारहरु टुंगो लगाएको छ । जसअनुसार काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
डंगोल पूर्व मिस नेवाः हुन् । उनले मेयरमा उम्मेदवारी दिने घोषणा गर्दै घोषणा पत्र समेत सार्वजनिक गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4