+

मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

२०७९ वैशाख  ११ गते ७:०३ २०७९ वैशाख ११ गते ७:०३
मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

११ वैशाख, काठमाडौं । नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा विभागीय नेपाल एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो ।

वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपीएफको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको हो । फाइनलमा एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । उनी फाइनलको प्लेयर अफ द म्याच पनि भइन् । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला विक सर्वोकृष्ट खेलाडी भइन् । उनले नगद ५० हजारसहित ट्रफी प्राप्त गरिन् ।

प्रतियोगिताका अधिकांश विधामा पुलिसकै दबदबा रह्यो । पुलिसकी पूजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए ।

एपीएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर भइन् । उनीहरुले जनही १० हजारसहित ट्रफी पाएका छन् ।

विजयी खेलाडीहरूलाई एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । वनदेवी युवा क्लबा अध्यक्ष सुसन जोशीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री दीर्घबहादुर सोडारी रहेका थिए ।

विजयी खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह, ओलम्पीयन दीपक विष्ट लगायतले पुरस्कार वितरण गरे ।

वैशाख ०३ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिता शनिबार राति १० बजे सम्पन्न भएको थियो । प्रतियोगिताको मुख्य प्रबर्धकमा सुप प्रदेश खेलकुद परिषद् रहेको थियो ।

बिवाईसी महिला गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय