+
+

कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते ८:०८

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दै छ । पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइसकेको छैन ।

पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको थियो । समितिका एक सदस्यले घोषणापत्र तयारीको सबै काम सकिएको भन्दै आज त्यसलाई सार्वजनिक गर्ने बताए ।

कांग्रेसले घोषणा पत्रमार्फत् जनतालाई अनावश्यक सपना नबाँड्ने भनेको छ । घोषणापत्रमा समेट्ने विषयवस्तुबारे विभिन्न विज्ञहरुसँग कांग्रेसले राय सुझाव लिएको थियो ।

कांग्रेसले महानगरपालिकाहरुमा उम्मेदवारहरु टुंगो लगाउन आजै कार्य सम्पादन समितिको बैठकसमेत बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?