११ वैशाख, काठमाडौं । रियल बेटिसले भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै १७ वर्षपछि स्पानिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा बेटिसले भ्यालेन्सियालाई सुटआउटमा ५-४ ले हरायो ।
बेटिसले सन् २००५ पछि पहिलो पटक कोपा डेल रे उपाधि हो ।
सेभिलमा भएको फाइनलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
भ्यालेन्सियाका अमेरिकी टिएनजर युनुस मुसाले मात्र पेनाल्टी गोल गर्न सकेनन् । हुवाँ मिरन्डाले बेटिसका लागि विजयी पेनाल्टी प्रहार गरेका थिए ।
त्यसअघि खेलको ११औं मिनेटमा बोया इग्लेसिसले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३० औं मिनेटमा भयालेन्सियाका ह्युगो डुरोले गोल गर्दै खेल बराबरी गरेका थिए।
बेटिसको इतिहासमा यो चौथो ठूलो उपाधि हो । बेटिसले यसअघि सन् १९३४-३५ मा ला लिगाको उपाध जितेको थियो भने १९७७ र २००५ मा कपको उपाधि जितेको थियो ।
यस्तै कप्तान ४० वर्षीय जाओक्विनले दोस्रो पटक कोपा डेल रे उपाधि जिते । उनले सन् २००५ मा पनि जितेका थिए ।
बेटिसका प्रशिक्षक मानुएल पेलेग्रेनीले सन् २०१६ मा म्यानचेष्टर सिटीबाट लिग कप जितेपछि पहिलो ट्रफी जितेका हुन् ।
प्रतिक्रिया 4