११ वैशाख, काठमाडौं । इन्टर मिलानले शनिबार राति इटालियन सिरी ए मा रोमालाई ३-१ ले पराजित गरेको छ । रोमा माथि सहज जितपछि इन्टर मिलान अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन डेन्जेल डुम्फ्रिसले ३०औं, मार्सेलो ब्रोजोभिकले ४०औं र लाउटारो मार्टिनेजले ५२औं मिनेटमा गोल गरे । रोमाका लागि ८५औं मिनेटमा हेनरिक मिखातरियनले सान्त्वना गोल फर्काए ।
जितपछि इन्टर ३४ खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । समान खेलबाट ७१ अंक रहेको एसी मिलान दोस्रो स्थानमा छ । इन्टरको जितले उपाधि होड रोमाञ्चक बनेको छ ।
३४ खेलबाट ५८ अंक रहेको रोमा पाँचौ स्थानमा छ ।
प्रतिक्रिया 4