
११ वैशाख, काठमाडौं । काठमाडौंको काँडाघारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे पाँच बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।
दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जनाको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान सवा ६ बजे मृत्यु भएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4