
११ वैशाख, महेन्द्रनगर । नेकपा (एमाले) ले कञ्चनपुरका ९ मध्ये ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटमा सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्का, कृष्णपुरमा लोकेन्द्र पन्तलाई उम्मेदवार बनाउने सहमति जुटेको एमाले प्रदेश कमिटीले जनाएको छ ।
लालझाडी गाउँपालिकामा यसअघि नै निर्मल राना सर्वसम्मत उम्मेदवार गाउँपालिका अध्यक्षका उम्मेदवार थिए ।
अन्य पालिकामा उम्मेदवार छनौट गर्न छलफल जारी छ ।
एमालेले भीमदत्त नगरपालिका, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका प्रमुखमा उम्मेदवार टुंग्याउन बाँकी छ । बेलौरी नगरपालिकाको मेयरमा पल्लबराज भट्ट र कमला बोहराको दाबी छ ।
पुनर्वासमा फैरु तामाङ र बीरबहादुर थापा (पातल), बेलडाँडीमा अक्कल विष्ट, गणेश उपाध्याय आकांक्षी छन् । यी नामहरुमा छलफल चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4