
सागर फुयाल
यता नि छैन उता नि छैन
गईकी छोडी एक्लै मलाई
धपक्क बलेकी उ एउटी मेरी
गएकी रैछ धन्न तल पखेरी॥
मिलेको कम्मर पटुकी माथी
कति सुहाको बोकेको पानी
गाजलु आँखा कपाल छाडी
चिटिक्क हेर्दै चौबन्दी चोली
गएकी रैछ धन्न तल पखेरी॥
चुमु झै लाग्ने गाला गुलाबी
छुन मन कति छ यो जवानी
हुन्छ भन लान्छु सिंदुर हाली
आफ्नै मायाको घर बसाली
गएकी रैछ धन्न तल पखेरी॥
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4