
११ वैशाख, बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ नगरपालिकाको मेयर र उपमेयर उम्मेदवारको टुंगो लगाएको छ । तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा मोहन चापागाई र उप प्रमुखमा जगेश्वरी देवी चौधरीलाई उठाउने निर्णय गरेको छ ।
यस्तै सैनामैना नगरपालिकाबाट नगरप्रमुखमा हालका नगरप्रमुख चित्र बहादुर कार्की र उप प्रमुखमा बिना रानालाई नै दोहोर्याउने निर्णय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए ।
त्यसैगरी देवदह नगरपालिका प्रमुखमा धु्रव खरेल र उप प्रमुखमा विद्यालक्ष्मी गुरुङलाई उठाउने एमालेको निर्णय छ । खरेल एमाले प्रदेश कमिटी सदस्य हुन् भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन् । देवदहमा यस अघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो ।
सिद्धार्थनगर नगरपालिकामा डा. रामप्रसाद बस्याल प्रमुख र उमा अधिकारी उपप्रमुख उम्मेदवार हुने भएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा रमावती यादव नगर प्रमुख र कल्पना हरिजनलाई उपप्रमुखमा उठाउने एमालेको निर्णय छ । रमावती केही दिन अघिमात्रै नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी हुन् ।
प्रतिक्रिया 4