
११ वैशाख, चितवन । जनता समाजवादी पार्टी (जसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लालकिशोर साहलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले गरेको भागबण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि पुनः साहले नै टिकट पाएका हुन् ।आइतबार साहलाई पार्टी नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले टिकट दिएकी छन् ।
लालकिशोर २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयरमा निर्वाचित भएका थिए । जसपाबाट पूर्व राजपाका नेताहरु बाहिरिएर लोसपा बनाएपछि लालकिशोर भने जसपामै रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4