
११ वैशाख, विराटनगर । शनिबार जसपा छाडेको घोषणा गरेका उमेश यादवले विराटनगरको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । जसपाबाट मेयरको दाबेदार उनले सत्तारुढ गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाउने सहमति भएपछि पार्टी छाडेका थिए ।
आइतबार उनले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । विराटनगरको मेयर पदमा सक्रिय गौतमले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार हालसम्म २ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । दुवै उम्मेदवार स्वतन्त्र हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4