
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा नयाँ नक्साबारे प्रष्ट अडान लिएको नेपाली कांग्रेसले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा नेपालको नयाँ नक्साबारे प्रधानमन्त्री देउवाले प्रष्ट दृष्टिकोण र अडान लिएको उल्लेख छ ।
‘..नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा नेपालको स्पष्ट दृष्टिकोण र अडान भारत सरकारसँग राख्नु भएको छ’, घोषणपत्रमा उल्लेख छ ।
नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सुस्ता लगायतको सीमा विवाद उच्च स्तरीय राजनीतिक तथा कूटनैतिक सम्वादबाट हल गर्न कांग्रेस प्रतिबद्ध रहेको घोषणापत्रमा छ ।
भारतीय अतिक्रमण र भारतीय सुरुक्षा फौज हटाएर नेपाली भूमि फिर्ता गर्न कांग्रेसले लगातार खबरदारी गरेको पनि घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4