
११ वैशाख, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि जनमत पार्टीबाट अनिता साहले उम्मेदवारी दर्ता गराएकी छन् ।
आइतबार जनकपुरधामस्थित निर्वाचन कार्यालय पुगेर साहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
जनकपुरधाम उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले निवर्तमान मेयर लालकिशोर साहलाई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मनोज चौधरीलाई उम्मेदबार बनाएको छ । लालकिशोर सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।
नेकपा एमालेले यसअघि शंकर साहको नाम सिफारिस गरे पनि लोसपाबाट प्रवेश गरेका जानकी रामले आफूलाई मेयरको टिकट दिने बताउँदै आएका छन् । अन्य दलले भने उम्मेदबार चयन गर्न सकेका छैनन् ।
यहाँका लागि कांग्रेस परित्याग गरेका मनोज साह र बलराम महतोले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4