
११ वैशाख, वीरगञ्ज । पर्साको पकहाँ मैनपुर गाउँपालिका अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।
पकहाँ मैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष विजयकुमार चौरसिया, ज्योति कुमारी र प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
निवर्तमान अध्यक्ष चौरसियाले जनता समाजवादी पार्टी, ज्योति कुमारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तथा सुशासन पार्टीबाट प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका चौरसिया १ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4