
११ वैशाख, काठमाडौं । धादिङमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार भागवण्डामा सहमति जुटाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको प्रमुख र उपप्रमुखको भागवण्डा टुंगो लगाएका हुन् ।
तीन दलको सहमति अनुसार नेपाली कांग्रेसले ८ स्थानीय तहको प्रमुख र ४ स्थानीय तहको उपप्रमुख पाउनेछ । नेकपा माओवादी केन्द्रले ३ स्थानीय तहको प्रमुख र ५ स्थानीय तहको उपप्रमुख पाउनेछ । नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहको प्रमुख र ४ वटाको उपप्रमुख पाएको छ ।
सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी भने भागवण्डामा समावेश छैन ।
हेर्नुहोस् सहमति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4