
११ वैशाख, वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकाको उपाध्यक्षमा एक जना पत्रकारले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पत्रकार राजाकुमार पटेल (आरके) ले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उनी वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिक, रेडियो वीरगञ्ज र टीभी वीरगञ्जमा कार्यरत थिए । २३ वर्षदेखि पत्रकारिता क्षेत्रबाट हासिल गरेको अनुभव राजनीतिमा प्रयोग गर्ने उनले बताए । उनी नेपाल पत्रकार महासंघ पर्सा शाखाको पूर्वसहसचिव हुन् ।
उनी जनता समाजवादी पार्टी निकट प्रेस मञ्चको जिल्ला अध्यक्ष समेत हुन् । गाउँमा पार्टीको कुनै जिम्मेवार पदमा बसेर काम नगरेकोले पार्टीबाट टिकटका लागि दावी नगरिएको उनले बताए ।
‘विभिन्न आन्दोलनको समय गाउँका मानिसलाई नेताभन्दा अघि सरेर सहयोग गरेको छु,’ उनले भने, ‘गाउँमा पार्टीगत हिसाबले कुनै लगानी गरेको थिइन, त्यसैले स्वतन्त्र उम्मेदवारी दिएँ । ’
प्रतिक्रिया 4