
११ वैशाख, चितवन । नेपाली कांग्रेसकाे असन्तुष्ट समूहले भरतपुर महानगरपालिकाको मेयरमा पूर्वसांसद जग्गनाथ पाैडेललाई उम्मेदवार बनाउने भएको छ ।
नारायणगणको कमलनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आइतबार बसेको असन्तुष्ट पक्षको भेलाले पाैडेललाई कांग्रेसकाे तर्फबाट स्वतन्त्र उम्मेदवार बनाउने निर्णय गरेको हाे । पाैडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् । पाैडेलले महानगरकाे मेयरमा आकांक्षा समेत राखेका थिए ।
पाैडेललाई पार्टीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, निवर्तमान जिल्ला सभापति, क्षेत्रीय सभापति, तथा विभिन्न वडाका सभापतिहरूले समर्थन गरेको कांग्रेसका नेता उद्वव लाेहनीले जानकारी दिए । उनलाई महासमिति सदस्य मिना खरेलले प्रस्ताव तथा पूर्वसांसद भीमबहादुर श्रेष्ठले समर्थन गरेका छन् ।
मेयरको उम्मेदवार बन्न लागेका नेता पाैडेलले कांग्रेस बचाउनका लागि मेयरमा उम्मेदवारी दिन लागेको बताए । सोमबार दिउँसो १ बजे पार्टीको झण्डासहित भरतपुर चाैबिसकाेठीबाट नेता कार्यकर्तासहित उम्मेदवारी दर्ता गराउने उनले बताए ।
प्रतिक्रिया 4