
११ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी घोषणा गरेको छ ।
‘गठबन्धन भत्कियो । हामीले अलग्गै उम्मेदवारी दिने निर्णय गरेको छौं’, सहइन्चार्ज अमृत तिम्सिनाले भने । उनका अनुसार, महानगरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्य उम्मेदवार बन्ने भएका छन् ।
सत्तारुढ दलहरुबीचको सहमति अनुसार ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसको भागमा परेको छ भने उपमेयर माओवादी केन्द्रको भागमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4