
११ वैशाख, काठमाडौं । ललितपुरका ५ वटा स्थानीय तहमा नेकपा एकीकृत समाजवादीलाई अलग गरेर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र गठबन्धन गरेका छन् ।
बागमती प्रदेश अध्यक्ष कांग्रेसका इन्द्र बानियाँ र माओवादीका सरल सहयात्रीको हस्ताक्षर रहेको सहमतिमा ५ ललितपुरका महानगरपालिका बाहेकका ५ वटा स्थानीय तहमा भागबण्डा गरेका हुन् ।
जस अनुसार कांग्रेसले गोदावरी नगरपालिका र बागमती तथा महाँकाल गाउँपालिकाको प्रमुख पाउने छ । यी ३ वटा स्थानीय तहको उपप्रमुख माओवादीले पाएको छ ।
यस्तै माओवादीले प्रमुख पाएका महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकामा कांग्रेसले उपप्रमुख पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4