
११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद भएको छ ।
विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङ गरेर राखिएको बुद्ध एयरको विमानमा बेवारिसे अवस्थामा डलर भएको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शनिबार साँझ बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्ड ब्यागभित्र बेवारिसे अबस्थामा डलर फेला परेको थियो ।
बरामद डलरलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4