
११ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मनोनयनको पहिलो दिन बर्दियामा आज केही साना दल र स्वतन्त्र उमेदवारले मात्र उमेदवारी दर्ता गरेका छन् ।
गुलरिया नगरपालिकाको मेयर पदमा ३ जनाले स्वतन्त्र र एकजना जनमत पार्टीको तर्फबाट गरी ४ जनाले उमेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुलरिया नगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवारी दिनेहरुमा दिपक विसी, दिपीका शर्मा र राजु भण्डारी छन् । त्यसैगरी जनमत पार्टीको तर्फबाट मंगरे गोडियाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै ठाकुरबाबामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदमा नेत्र आचार्य र उपमेयरमा आशा थारुले आफ्नो मनोयन दर्ता गराएका छन् ।
स्वतन्त्र उमेदवारहरु आफ्ना समर्थक र प्रस्तावक लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए भने, दलका उमेदवारहरु बाजगाजा र र्यालीसहित पुगेका थिए ।
ठूला दललाई उमेदवार छनौट गर्न सकस
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लाका आठवटा पालिकाका प्रमुख तथा उपप्रमुखका उमेदवार टुंगो लगाउन सकस भएपछि भोलिलाई मनोनयनको समय लिएका छन् ।
पहिले नै उमेदवारको टुंगो लगाएर मनोनयन गर्दा असन्तुष्ट पक्षले दल बदल्ने वा बागी उमेदवारी दिन सक्ने भएकाले पनि ठूला दलले अन्तिम समयमा मात्रै उमेदवारी दिने समय लिएका छन् ।प्र
प्रतिक्रिया 4