
११ वैशाख, काठमाडौं । भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो ।
यस्तो रकम १० हजार ८ सय अमेरिकी डलर हुन आउँछ । यो रकम शनिबार साँझ बरामद भएको प्रहरीले जनाएको छ ।
जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको हो । बुद्ध एयरका अनुसार यो रकम एयर होस्टेसले फेला पारेर ग्राउण्ड इन्चार्जलाई बुझाएका थिए । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको रोहवरमा नेपाल प्रहरीलाई बुझाइएको थियो । प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4