
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले सन् २०१३ देखि महिला-युवा उद्यमी सम्मेलन (वाईईएसडब्लु) आयोजना गरेको छ ।
१० वैशाखमा हायात प्लेस काठमाडौंमा यसै कार्यक्रममको आयोजना गरियोे । उक्त कार्यक्रमको उद्घाटन ऊर्जा मन्त्री पम्फा भुसालबाट पानसमा बत्ती बालेर भएको थियो । सोही अवसरमा मन्त्रीका तर्फबाट युवा उद्यमीहरुलाइ बधाई तथा शुभकामना व्यक्त गरे ।
सम्मेलनमा कृषि, निर्माण कार्य, घरेलु तथा साना व्यवसायी, शारीरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न यूवा महिला तथा पुरुष उद्यमीहरुको साथै उद्यमी बन्न चाहने विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्यमी महासंघका अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विदुषी राना, एफवान सफ्ट इन्टरनेसनलबाट सुभाष शर्मा, दराज नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले मन्तव्य व्यक्त गरे ।
महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्यमहरुमा बिहे-नेपाल, एडुकेस, माकुसे र सुइरो समेतको सहभागी रहेको थियो।
प्रतिक्रिया 4