
फाइल तस्वीर
११ वैशाख, बुटवल । बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।
मृतक दम्पती बुटवल उपमहानगरपालिका वडा नं. ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
उनीहरु गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका तर घर नफर्किएपछि खोजी गर्दै जाँदा जंगलमा मृत अवस्थामा भेटिएको केसीले बताए ।
शव नजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकोले घटनाबारे थप अनुसन्धान सुरू गरिएको डीएसपी केसीले बताए ।
मृतकका छोराहरू वैदेशिक रोजगारीमा रहेको र मृतक दम्पती घरमा छोरी तथा बुहारीसँग बस्दै आएका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4