
काठमाडौं । सगरमाथा आरोहणका लागि प्रस्थान गरेकी अभिनेत्री दीया पुन ५ हजार ३४८ मिटर उचाइको सगरमाथा आधारशिविर पुगेकी छन् । दीयालाई सगरमाथा आधारशिविरमा उनी अभिनित फिल्म ‘मन्त्र’को निर्माण टिमले स्वागत गरेको थियो ।
उनले त्यहाँबाट ‘मन्त्र’को प्रचार समेत गरिन् । यो फिल्म यही वैशाख १६ गते रिलिज हुँदैछ । हिमाली प्रेम कथालाई प्रस्तुत गर्ने फिल्मा सौगात मल्ल र बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ ।
गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्म्स प्रालिको ब्यानरमा बनेको ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङ हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4