
११ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा मनोनयन दर्ताको पहिलो दिन नगर प्रमुखमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
दुई वटा दल तर्फबाट र अन्य स्वतन्त्र तर्फबाट गरी १२ जनाले प्रमुखमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले जनाएको छ ।
मजदुर किसान पार्टीका तर्फबाट गोकर्ण प्रसाद केसरी, नेपाल सद्भावना पार्टीको तर्फबाट विजय कुमार रौनियार, स्वतन्त्र राजेश सिंह, राधेश्याम साह, कैलाश प्रसाद सर्राफ, संजिव कुमार यादव, विकी राज पटेल, महम्मद रियाजुल हक, फिरोज आलम, महम्मद सागिर अली, राजेन्द्र प्रसाद सिंह भुईहार लगायतले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी जय प्रसाद काफ्लेले जानकारी दिए ।
३२ वटा वडा रहेको वीरगञ्ज महानगरका विभिन्न वडामा पनि उम्मेदवारी दर्ता भएको छ । वडा अध्यक्षतर्फ विभिन्न वडामा गरी २० जनाको मात्रै उम्मेदवारी परेको छ ।
नेकपा एकीकृत समाजवादी, राप्रपा, विवेकशील साझा, जनमत पार्टी लगायत दल र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया 4