
११ वैशाख, जनकपुरधाम । उम्मेदवारी मनोनयनको पहिलो दिन जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये दुई जना राजनीतिक दलबाट र ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार उम्मेदवारी दर्ताको पहिलो दिन आइतबार जनमत पार्टीबाट अनिता साह र नेकपा मालेबाट गीताकुमारी मण्डलले मेयर पदमा उम्मेदवारी दिएका छन् ।
सुधिरकुमार महतो, अनिल पंजियार, विक्की यादव, लक्ष्मण साह, श्यामकिशोर मण्डल र रामसेवक यादवले स्वतन्त्रबाट मेयरका लागि उम्मेदवारी दिएका छन् ।
यस्तै, उपमेयर पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । जनमत पार्टीबाट सन्तोष साहले उम्मेदवारी दिंदा बनिताकुमारी यादव र उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । चौधरीले नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
पहिलो दिन मेयर, उपमेयरसहित १ सय ४४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएको प्याकुरेलले जानकारी दिए ।
प्रतिक्रिया 4