
११ वैशााख, वीरगञ्ज । सर्लाहीको मलंगवा नगरपालिकाका मेयर निरसल साह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका साह कांग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाले पार्टी प्रवेश गर्नासाथ आइतबार नै मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
साहलाई जसपाका सांसद प्रमोद साह, प्रदेश सभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, जिल्ला अध्यक्ष वीरेन्द्र यादव लगायतले जसपामा प्रवेश गराएका थिए ।
कांग्रेसले यो पटक मलंगवा नगरपालिकाको मेयरमा पूर्वमेयर नागेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसबाट पुनः टिकट नपाउने भएपछि साह आइतबार बिहान जनकपुरमा प्रदेश समितिको बैठक सकिनासाथ अरु नेताहरु भन्दा अगाडि नै आएर जसपाका नेताहरुसँग सम्पर्क बढाएका थिए ।
गोलेले एकीकृत समाजवादी छाडे
नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ सर्लाहीका अध्यक्ष एवं पार्टीको बागमती नगर कमिटी अध्यक्ष जय गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गरेसँगै गोलेलाई एमालेले बागमती नगरपालिका–१२ को वडाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
प्रतिक्रिया 4