
११ वैशाख, काठमाडौं। सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा तालमेलको सहमति गरेका छन् ।
नेपाली कांग्रेसलाई अलग गरेर गरिएको सहमतिमा नगरपालिका प्रमुख एकीकृत समाजवादी र उपप्रमुख माओवादीले लिने भएका छन् ।
प्रमुखमा गोपाल बराल र उपप्रमुखमा पेमा छिरिङ शेर्पा उम्मेदवार बन्ने छन् । त्यस्तै वडाको पनि बाँडफाँट भएको छ ।
माओवादी केन्द्रले १, २, ३, ५, ७ र ९ नम्बर वडाको वडाध्यक्षमा उम्मेदवारी दिने छ । एकीकृत समाजवादीले वडा नम्बर ४, ६, ८ नम्बर वडामा उम्मेदवार दिने छ ।
हेर्नुस् विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4