
११ वैशाख, दाङ । उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन तुलसीपुर उपमहानगरपालिकाको मेयरमा तीन जनाले उम्मेदवारी दिएका छन् । राजनीतिक दलबाट दुई जना र स्वतन्त्रबाट एक जना गरी तीन जनाले मेयरमा उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
नेकपा मालेका महेन्द्र शाह, राष्ट्रिय जनमुक्ति पार्टीका ढुण्डीराज चौधरी र मंगोल नेशनल अर्गनाइजेसनका जया घर्तीले मेयरमा उम्मेदवारी दर्ता गराएको कुँवरले बताए ।
त्यस्तै उपप्रमुखमा मंगोल नेशनल अर्गनाइजेसनका दमबहादुर छन्तयाल र स्वतन्त्रबाट सुशिल नेपालीले उम्मेदवारी दिएका छन् ।
घोराही र तुलसीपुरमा निर्वाचन अधिकृत कार्यालयले उम्मेदवारी मनोनयन दर्ताका लागि साना दललाई आइतबार र ठूला दललाई सोमबारका लागि तालिका छुट्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4