
११ वैशाख, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
जनमत पार्टीबाट भुवनेश्वर मंडल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट विद्यानन्द चौधरी, जनता प्रगतिशील पार्टी नेपाल बाट प्रभाकर यादव र राष्ट्रिय सद्भावना पार्टी बाट प्रमेश कुमार यादवले उम्मेदवारी दिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार छिन्नमस्तामा अन्य पदमा भने कुनै उम्मेदवारी परेको छैन् ।
डाक्नेश्वरीको मेयरमा २ र उपमेयरमा १ जनाको उम्मेदवारी
डाक्नेश्वरी नगरपालिकाको मेयर पदमा २ र उपमेयरमा १ जनाको उम्मेदवारी परेको छ ।
जनमत पार्टीबाट मेयरमा सुरेन्द्रकान्त मंडल, उपमेयरमा सन्तोषीकुमारी साह र स्वतन्त्रबाट मेयरमा दीपेन्द्रकुमार रामले उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4