१२ बैशाख, काठमाडौं । प्रिमियर लिग अन्तर्गत मर्सिसाइड डर्बी खेलमा दोस्रो स्थानको लिभरपुलले आइतबार राती एभरटनलाई २-० ले पराजित गरेको छ ।
यस जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी एक मा झार्दै उपाधि होड कायमै राखेको छ ।
उता हारपछि एभरटन भने रेलिगेसन जोनमा परेको छ । अन्तिम तीन स्थानमा रहेको एभरटन रेलिगेसनबाट बच्न संघर्षरत छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ६२ औं मिनेटमा एन्ड्रयु रोबर्टसन र ८५औं मिनेटमा डिभोक ओरिगीले गोल गरे ।
जितपछि लिभरपुलको ३३ खेलबाट ७९ अंक छ । उति नै खेलबाट सिटीको ७० अंक छ ।
हारपछि एभरटन भने ३२ खेलबाट २९ अंकसहित १८औं स्थानमा झरेको छ ।
अर्को खेलमा वल्भ्सलाई १-० ले हराएको बर्नली रेलिगेसन जोन छाड्दै १७औं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4