
१२ वैशाख, पाल्पा । नेकपा (माओवादी केन्द्र) पाल्पाले स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
सत्ता साझेदार पाँच दलीय गठबन्धनबाट सहमति भएअनुसार दुई पालिका प्रमुख तथा तीन उपप्रमुखका उम्मेदवारको नाम टुंगो लागेको हो ।
माओवादी केन्द्रको बैठकले तिनाउ गाउँपालिका प्रमुखमा राजेश श्रेष्ठ, रिब्दीकोट गाउँपालिका प्रमुखमा नारायणबहादुर कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, माओवादी तानसेन नगरपालिकामा प्रतीक्षा सिंजाली, रैनादेवी छहरा गाउँपालिकामा युवराज थापा र निस्दी गाउँपालिकाको उपाध्यक्ष रामप्रसाद खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका नेता अनिलकिशोर घिमिरेले जानकारी दिए ।
गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले पनि पाल्पामा आफ्नो भागमा परेका सबै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4