
१२ वैशाख, काठमाडौं । बझाङको बुंगल नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष किशोर कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनका दलहरुको भागबन्डामा असन्तुष्टि जनाउँदै आएका कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धनको भागबन्डामा मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ ।
२०५७ सालदेखि आफू माओवादी केन्द्रमा आबद्ध रहेर पार्टीमा सक्रिय रहे पनि गठबन्धनले आफूमाथि अपमान गरेको आरोप कुँवरले लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4