+
+

बालेनको पक्षमा खुल्दै सेलिब्रिटीहरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १२:३५
तस्वीर : हेमन्त शर्माको फेसबुकबाट

काठमाडौं । स्थानीय तहको चुनावको सरगर्मी सुरु भएको छ । सोमबार उम्मेदवारी दिने अन्तिम दिन । कतिपय सेलिब्रिटीले पनि उम्मेदवारी दिएका छन् भने कतिपय दिने तयारीमा छन् ।

यस्तोमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहको पक्षमा फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटी खुलेरै प्रस्तुत भएका छन् ।

अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, कलाकार निर्मल शर्मा खुलेर बालेनको पक्षमा लागेका छन् । राजनीतिक मुद्दामा मौन रहने प्रियंका र स्वस्तिमाले चाहिं बालेनको तस्वीर र घोषणापत्र पनि सेयर गरेका छन् ।

निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी बालेनको घोषणापत्र प्रस्तुत गर्ने समारोहमै उपस्थित थिए ।

राप्रपाबाट मेयरको उम्मेदवार सिफारिस भएका अभिनेता मदनदास श्रेष्ठले पनि सोमबार उम्मेदवारी दर्ता गराउँदैछन् । नेकपा एमालेबाट काठमाडौंको उपमेयरमा सिफारिस भएकी सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराउँदैछिन् ।

नेपाली कांग्रेसको तर्फबाट रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा लोकगायिका राधिका हमाल सिफारिस भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?