
१२ वैशाख, नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङसहितका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
क्षेत्रीय सभापति सुशील खड्का, पालिका कमिटी सचिव कृष्ण स्याङ्तान लगायत एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यद्वय काशिनाथ अधिकारी र डा. राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे लगायतले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4